पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड

८ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
19 Shares


तिलोत्तमा-पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय स्कूल अवार्ड’ (आइएसए) हात पारेको छ । विद्यालयले गर्दै आएका क्रियाकलापको आधारमा पाउने अवार्डबाट पहिलो पटक पामिर एकेडेमी सम्मानित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले बताए ।अन्तर्राष्ट्रिय स्कुल अवार्ड देशभरका ४१ वटा विद्यालयले पाएका छन् । स्कुल अपार्ड हात पारेपछि विद्यालयले विद्यालयले अभिभावक र विद्यार्थीसँग खुशीयाली साटासाट गरेको थियो । सन् २०१२ बाट ब्रिटिस काउन्सिलले अवार्ड प्रदान गर्दै आएको छ ।

नेपालमा शिक्षा मन्त्रालयमार्फत ब्रिटिस काउन्सिलले विद्यालयलाई अवार्ड प्रदान गर्दै आएको विद्यालयका सहप्राचार्य गोपाल गौतमले जानकारी दिए । यो अवार्डले विद्यालयको छविलाई थोरै भए पनि माथि उकास्नमा सहयोग पुगेको विद्यालयले जनाएको छ । विद्यालयले गरेको अथक मिहेनत र परिश्रमको फल पाएको अर्का सहप्राचार्य रविराज काफ्लेले बताए । ९ वटा परियोजनामा पामिर एकेडेमीले भाग लिएको थियो । यो वर्ष अवार्ड दाबी गर्न नेपालबाट ७२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

हरेक तीन÷तीन वर्षमा अवार्डको अवधि सकिने हुँदा विद्यालयले अवार्ड पाइसकेपछि यसलाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण रहेको सहप्राचार्य काफ्लेले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यालयले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाएको भन्दै खुसी व्यक्त गरे । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनको लागि हर प्रयास जारी राख्ने उनको भनाइ छ ।
उक्त अवार्डबाट विद्यार्थीहरूलाई बाह्य ज्ञान र सीपसम्बन्धी जानकारी हुने हुँदा विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने उनले विश्वास दिलाए । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थी, आइएस लिडर, शिक्षिका लगायतलाई कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा–२ का वडाअध्यक्ष दधिराम गौतमले सम्मान गरेका थिए । त्यस अवसरमा उनले यो अवार्डलाई कायम राख्दै शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलव्धि हासिल गर्न आग्रह गरे । कार्यक्रममा सहायक प्राचर्यद्वय गोपाल गौतम, रविराज काफ्ले, औद्योगिक प्रतिष्ठान पाँच नम्बर प्रदेश कार्यालयका प्रमुख मुकुन्द ज्ञवाली, विद्यार्थी प्रतीक्षा खराललगायतले विद्यालयले प्राप्त गरेको उपलव्धिबारे चर्चा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया