चितवनमा प्रहरी र रवि समर्थकबीच झडप

प्रकाशित मिति:

चितवन –चितवनमा प्रहरी र टेलिभजन प्रस्तोता रवि लामिछानेका समर्थकबीच झडप भएको छ ।लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । तीनै जनालाई अदालतबाट फेरि प्रहरी हिरासतमा लैजाने क्रममा प्रदर्शनकारी प्रहरीमाथि खनिएका थिए ।