रविविरुद्ध के भेटियो अनुसन्धानमा

प्रकाशित मिति:

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो ।लगत्तै वयान सुरु भयो । आइतबार अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । तर, रवि र युवराज कँडेलको वयान बाँकी नै रहेकाले भोलि सोमबार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजनालाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।तीनैजनाको वयान सकिएपछि थुनछेक बहस हुनेछ ।मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनको मुद्दामा दोषी ठहर भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुबै सजाय हुन सक्छ ।

के के भेटियो अनुसन्धानमा प्रहरीले लामिछानेसहित तीनजनालाई दुई ५र५ दिन म्यान थप गरेर अनुसन्धान गरेको थियो । यसक्रममा पुडासैनीको मोबाइलमा बरामद भएको भिडियो क्लीपमा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्टले देखाएको छ ।अनुसन्धानलाई सघाउन चितवन पुगेका सीआईबीका प्रहरी उपरीक्षक ९एसपी० दीपक रेग्मीले भने, ‘बरामद भिडियोमा ट्याम्परिङ ९छेडछाड० भएको छरछैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब ९डीएफएल० मा पठाइएको थियो । ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ ।रेग्मीका अनुसार भिडियोबाहेक थप प्रमाण संकलन भएको छ, जसबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ । अनुसन्धानका क्रममा प्रहरीले मृतक पुडासैनी र आत्महत्या दुत्साहनको आरोपमा लागेका ३ जनाको डिजिटल कनेक्सन खोतलेको थियो । लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड ९सीडीआर०, लोकेशन लगायतका विषय केलाएको थियो । तीनजनाको वयान पनि लिएको छ । त्यसक्रममा लामिछाने र कार्कीको वयान बाझिएको अनुसन्धान अधिकृत बताउँछन् । रविले यसअघि आफूले अस्मितालाई नचिनेको दाबी गरेका छन् भने अस्मिताले भने पुरानो चिनजान भएको बताएकी छन् ।त्यसैगरी पुडासैनीको आत्महत्यालगत्तै लामिछाने र कँडेल कार्यरत संस्था न्यूज २४ टेलिभिजनले पनि अस्मितालाई पटक  पटक सम्पर्क गरेको पनि देखिएको छ ।  सयौंले गरे प्रदर्शन  टेलिभिजन प्रस्तोता लामिछाने पक्राउ गरेसँगै उनको समर्थनमा चितवनमा प्रदर्शन हुँदै आएको छ । आइतबार थुनछेक बहस हुने अनुमानका साथ सयौंको संख्यामा मानिसहरु प्रहरी कार्यालय र भरतपुरको चौबीसकोठीमा भेला भएर नाराबाजी गरेका छन् । लामिछाने निर्दोष भएकाले रिहा गर्नुपर्ने उनीहरुको माग छ । प्रदर्शनका क्रममा सामान्य झडपसमेत भएको छ । चितवन बाहेक काठमाडौंलगायतका केही शहरमा पनि लामिछानेका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।

के हो पुडासैनी आत्महत्या प्रकरण  पत्रकार शालिकराम पुडासैनी लामो समय रवि लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’मा कार्यरत थिए । हालै न्यूज २४ छाडेर उनी माउन्टेनमा आएका उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिए । आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कुँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनै जनालाई पक्राउ गरेको थियो ।onlinekhabar bata

थप समाचार