अन्जन धमलाको आइटिएफ उडान : खेलाडीदेखी सघंको नेतृत्वसम्म

प्रकाशित मिति:

दिपक न्यौपाने पोल्भडिभ – बुल्गेरीया/ यतीबेला नेपालबाट ५ हजार ४ सय २० किलोमिटर टाढा दक्षीण पुर्वी युरोपको बुल्गेरियाका बिभिन्न शहरमा आइटिएफको लोगोमा नेपाल लेखेको ट्रयाकसुट लगाएर भौतारिरहेका भेटिन्छन –अन्जन धमला , अर्थात नेपाल आइटिएफ तेक्वान्दो महासघंका केन्द्रिय अध्यक्ष । गोर्खा जिल्लाको शहिद लखन गाउपालीकाका टिकाराम र हरिमायाका कान्छा छोरा हसिलो अनुहारका धनि धमला भर्खरमात्र उमेरले ३८ बर्ष पार गर्दा नगर्दै आइटिएफ तेक्वान्दोमा धमकेधार नेतृत्व गरिरहेका छन ।

उनी आइटिएफ तेक्वान्दोका पहिलो ब्याजी समेत हुन । उनै अन्जन धमला आज निरन्तर मेहनेत र लगाबकै कारण सामान्य खेलाडी, कोच हुदै इन्टर नेशनल तेक्वान्दो फेडेरेशनको नेपाल अध्यक्षकै हैसीयतले बिभिन्न देशमा प्रतीनिधित्व गर्न सफल भएका छन । म २०५४ सालदेखी निरन्तर रुपमा तेक्वान्दोमै लागीरहेको छु, युरोपको पुरानो शहर पोल्भडिभको एक होटलमा गफिदै धमलाले भने – गाउको भगवती हिमालयबाट स्कुल सकेपछी क्याम्पस पढ्न काठमाण्डौ आए । दाजुु सुरज धमला पनी तेक्वान्दोमा नै हुनुहुन्थ्यो । गुरु कृष्णकुमार बलाल र सुरज दाजुको प्रेरणाले तेक्वान्दोमा लाग्ने मौका मिल्यो । बलाल गुरु नेपालको चिफ कोच हुनुहुन्थ्यो , त्यहिबेला नै क्षेत्र ,जिल्ला हुदै राष्ट्रिय स्तरका प्रतीयोगीताहरुमा सहभागीता जनाउने मौका मिल्यो ।

” शुरुशुरुमा गारो भएपनी एकपछी अर्को सफलताले डोराउन थालेपछी धमलामा तेक्वान्दोको भुत सवार भैसकेको थियो । भारतको गोवामा सम्पन्न अन्र्तराष्ट्रिय खेलमा सिल्भर मेडल प्राप्त गर्न सक्नु नै धमलाको अन्र्तराष्ट्रिय सफलताको पहिलो उडान थियो । त्यसपछी निरन्तर रुपमा बिभिन्न देशमा भएका प्रतीयोगीतामा सहभागीता जनाउन थालेका उनमा २००८ मा युके ओपन च्याम्पियनसिपमा भाग लिनु अघि नै तेक्वान्दोको मोहले जरा गाडीसकेको थियो ।

हिजोको सर्घष, आजको प्रतीफल
खेललाइ नै आफ्नो करियर बनाएका धमला हिजोको मेहनत र सर्घष सम्झदा आफै घोत्लिन्छन । मेरा अग्रजहरुको सहि मार्गनिर्देशकै कारण आज यो स्थानमा आउन सफल भएको छु, थकित अनुहारका बिच पनी उनी खुल्दै गए – मेरो परिवारको फुल सपोर्ट पनी मेरो करियरको कोसेढुङगा साबीत रह्यो । खेल खेल्दै आफुलाइ अगाडी बढाउदै गए ।

नेपालका बिभिन्न जिल्ला र आधादर्जन भन्दा बढी देशमा प्रतीनिधित्व गरिसकेपछी उनी रेफ्रिको भुमिकामा समेत प्रस्तुत भए जती बेला नेपालमा आइटिएफको माहोल झाङिसकेको थियो । हाल नेपालमा मात्रै ६० जिल्लामा यसको सघं बिस्तार भैसकेको छ । ” खेलकै दौरान उनलाइ के पनी लाग्यो भने अबसर अरुले बनाइदिने होइन त्यो त आफै मेहेनत गर्दै गएको खण्डमा सफलताले एक दिन अबश्य पछ्याउने छ । त्यसैले तेक्वान्दो खेलको बिकास र बिस्तारको लागी रातदिन खटे । उनै धमलाको स्पिड देखेर नै होला कोच कृष्ण बलालले सिधै केन्द्रिय सदस्यमा मनोनीत गरेका थिए ।

त्यसपछी उनी उपाध्यक्ष हुदै छोटो समयमै केन्द्रिय अध्यक्ष बन्न पुगेका छन । अखिल नेपाल खेलकुद महासघंका बरिष्ठ उपाध्यक्ष समेत रहेका धमला अब खेलकुद बाहेक अरु सोच्न नसक्ने बताउछन । कुनै बेला सरकारी करारमा जागीर खाएका उनले जिबिकोपार्जनको लागी अहिले पनी जागीर गरिरहेको हाम्रो खेलकुदडटकमलाइ सुनाए । आइटिएफमा सघं र उनको योगदान देखेर नै २०१५ मा बुल्गेरियामा नै सम्पन्न वल्र्ड च्याम्पियन्सीपमा आउट स्टयान्डर अवार्ड पनी हात पारेका थिए । अहिलेपनी आइटिएफको २६ औ सम्मेलन बुल्गेरियामा चलीरहेको छ जहा उनले एसियाबाट अवार्ड पाउने निश्चित जस्तै छ । हालसम्म दुइ दर्जनभन्दा बढी राष्ट्रको भ्रमण गरिसकेका धमला खेलकुदकर्मीलाइ राज्यले उचित सम्मान दिनुपर्ने धारणा राख्छन ।

नेपालमा वल्र्ड च्याम्पियन्ससिप गर्ने धोको
धेरै पटक वल्र्ड च्याम्पियन्स सिपमा भाग लिएका अध्यक्ष धमलाले नेपालमा आइटिएफको वल्र्ड च्याम्पियनसिप गर्ने धोको रहेको सुनाए । नेपालले भौतीक पुर्वाधारमा आफुलाइ अब्बल बनाउदै लगेको खण्डमा सन् २०२५ तिर नेपालमै वल्र्ड च्याम्पिन्ससिप प्रतीयोगीता गर्ने धोको छ, धमलाले निकै जोशका साथ सुनाए – मेरा अग्रज गुरुहरुको साथ सहयोग , सल्लाह र सम्पुर्णको मेहेनतमा कार्यक्रम गर्ने लक्ष्य लिएको छु ।

आइटिएफका दक्षीण एसियाका बरिष्ठ उपाध्यक्ष समेत रहेका उनले नेपाली खेलकुदमा आइटिएफले महत्वपुर्ण योगदान दिनेमा बिश्वस्त देखीन्छन । हालसम्म खेलकुदमा लागेर तपाइले के पाउनुभयो र के गुमाउनुभयो ? भन्ने संवाददाताको प्रश्न भुइमा खस्न नपाउदै धमलाले कसिलो शरिर तन्काउदै भने – अन्य जागीर र ब्यापार ब्यबसाय गरेको भए लाखौ पैसा कमाउन सक्थे होला तर खेलकुदमा लागेर देशदेखी बिदेशसम्म बिभिन्न कार्यक्रमहरुमा प्रतीनिधित्व गर्ने मौका पाएको छु । म यसैमा खुसी छु र निरन्तर आजीबन आइटिएफमै लागेर अगाडी बढ्ने छु ” । उनलाइ यो यात्रामा जिबनसङगीनी बिन्दा महतको जसरी साथ छ त्यसरी नै उनी आफुलाइ एक पछी अर्को सफलताको सिढि चढाइरहेका छन ।