चितवन अपडेट : प्रहरीले सर्वसाधारणलाई बाटो हिँड्दा समेत बल प्रयोग गर्न थाल्यो

प्रकाशित मिति:

चितवन,  । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञासँगै प्रहरी प्रशासनले बिहानैदेखि सर्वसाधारणमाथि बल प्रयोग गर्न थालेको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा मौलिक हक विपरीत रहेको भन्दै विरोध भैरहेको बेला प्रहरीले अदालतको आसपास भएर हिँड्ने सर्वसाधरणमाथि बल प्रयोग गरिरहेको छ । मालपोतचोकबाट चौबिसकोठीतर्फ जाने बाटोमा बाटो बलक गरेर बसेका प्रहरीले सवारी साधनमा त्यस क्षेत्रमा हिड्न दिने त कुरै भएन, पैदलयात्रीलाई समेत बल प्रयोग गरेर सो बाटो प्रयोग नगर्न भन्दै कडाइ गरेको छ । संविधानमा भएको मौलिक हकअन्तर्गत धारा १७ मा स्वतन्त्रताको हक छ, जसमा विचार र अभिव्यक्ति, विना हातहतियार शान्तिपूर्वक भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रताको अधिकार दिएको छ । तर चितवन जिल्ला प्रशासनले भने मौलिक हकलाई समेत नजर अन्दाज गरी शान्तिपूर्वक भेला हुन समेत निषेध गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेको एक आदेशमा सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी भेला र प्रदर्शनमा रोक लगाएको छ । जारी आदेशमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । तर जारी गरेको आदेशको समेत विपरीत गई प्रहरीले ५ एक्लै  दोक्लै हिँड्ने पैदलयात्रीलाई हिड्नमा रोक लगाएको छ ।

आइतबार जारी गरेको आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ९३० ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको हो । उक्त दफामा परिस्थितिजन्य अवस्थामा कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने उल्लेख गरिएको छ । पत्रकार शालिकराम पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको अदालती बयान आज हुँदैछ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली र कोणसभा भएको थियो।news24 bata