सिंगापुरबाट प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट मन्त्रीपरिषद बैठक गर्ने

प्रकाशित मिति:

काठमाडौं – मन्त्री परिषदको बैठक बस्दै छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोकन्फ्रेन्स मार्फत छलफल गर्न लागेका हुन् । समासामयीक बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओलीले आज पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्न लागेका हुन् ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो।