ब्रेकिङ : रवि र युवराजको बयान सकियो, अब के हुन्छ ?

प्रकाशित मिति:

चितवन– शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । आइतवार जिल्ला सरकारी वकिलले जिल्ला अदालत चितवनमा ‘आत्महत्या दुरुत्साशन’ को मुद्दा दर्ता गरेसँगै तीन जनासँग वयान लिन शुरु गरिएको थियो ।

आइतवार(हिजो) अस्मितासँग बयान लिइएपनि समय अभावका कारण रवि र युवराजसँग आज वयान लिइएको हो । उनीहरुको वयान सकिएसँगै अव अदालतमा थुनछेक वहस सुरु हुन्छ । थुनछेक वहस सकिएपछि अदालते थुनामा राख्ने, धरौटी माग गर्ने वा साधरण तारेखमा छोड्ने भन्ने फैसला गर्छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।