रवि प्रकरणमा धमलामाथी खनिए समर्थक

प्रकाशित मिति:

चितवन – टेलिभिजन प्रस्तोता रवि लामिछाने प्रकरणले अहिले देशको माहोल तातेको छ । रवि लामिछाने बिरुद्ध मुद्दा दर्ता भएको छ भने अब उनको फैसला अदालतले गर्ने छ । रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो । वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने बारे निर्णय गर्नेछ ।सोमबार अदालतले रविको बयान लिइ सकेको छ । जिल्ला अदालत चितवनमा उपस्थित गराइएका रवि र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो । प्रशासनले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरिपरि निषेधाज्ञ गरेको छ । समर्थकदेखि डराएको सरकारले चितवनमा बलमात्र प्रयोग गरेको छैन निषेधित क्षेत्र नै तोकेको हो । आइतबार भएको प्रदर्शनमा रवि लामिछोन समर्थक र प्रहरीबीच झडप समेत भएको थियो । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले रवि लामिछानेको मुद्दा अदालतमा पुगको र अब कानुनी प्रकृयामै अगाडी बढ्ने बताएका छन् ।

लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितर गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए । त्यसकै निहुँमा चितवन जिल्ला प्रशासन कार्यालयले सदरमुकाम भरतपुरका तोकिएको स्थानमा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन समेत निषेध गरेको छ । रवि प्रकरण पछि रविका समर्थकहरुले मल्ल बिरुद्ध बिभिन्न आरोप लगाएका बेला मल्लले भने भीडले कानुनी व्यवस्था उल्टाउन नसक्ने बताए । उनले प्रहरीलाई प्रदर्शनकारीहरुले ढुंगाले हानेपछि जवाफ स्वरुप प्रहरीले हानेको उनले बताए । यता पत्रकार ऋषि धमलालाई पनि स्थानीयहरुले आक्रोश पोखेका छन् । टेलिभिजनको कार्यक्रममा शालिकरामको भिडियो सत्य भएको जानकारी गराएकै कारण रविका समर्थकले पत्रकार धमलामाथी आक्रोश पोखेका हुन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आइतबार दिउँसो मुद्दा दर्ता गराएको हो ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठा रहेको पङखामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो। पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । सो भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका थिए।भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन् । भिडियोमा मृत पुडासैनीले रुँदै भनेका छन् ‘रवि दाई, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ।’ नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय पुडासैनीको मृत्युलाई अहिले रहस्यमय रुपमा हेरिएको छ। – हाम्राकुरा