सुनकाे भाउले आज पनि नयाँ रेकर्ड कायम गर्याे, ७३ हजार ५०० पुग्याे

प्रकाशित मिति:

काठमाडौं – सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ । तोलामा एक हजारले बढेर सुनको मूल्य सोमबार ७३ हजार ५०० मा पुगको हो । आइतबार पनि सुनको मूल्यले नयाँ रेकड कायम गरेको थियो । साेमबार तेजावि सुन ७३ हजार २०० मा ताेकिएकाे पनि नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर उकालो लाग्यो यो अवस्थामा आइपुगेको हो । आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ सुन कारोबार भएको थियो । शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ । विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।