​भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक : प्रधानमन्त्री सिंगापुरमा, मन्त्री सिंहदरबारमा

प्रकाशित मिति:

काठमाडौं – नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन् । उनले केही तस्वीरसमेत राखेर लेखेका छन् ‘ सिंगापुरदेखि काठमाडौं ः पहिलो पटक टेलिकन्फ्रेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्दै ।’