चितवनमा बम बिस्फोट , एक घाइते

प्रकाशित मिति:

चितवन – चितवनको राप्ति नगरपालिका स्थित वडा नम्बर ६ मा पर्ने पंफा खोलामा बम बिस्फोट भएको छ । दिउँसो १ बजेतिर भएको बम बिस्फोटमा परी १ जना घाईते भएका छन् ।

स्थानीय राजन शिल्वालले शंकास्पद बस्तु देखे पछि के रहेछ भनेर हेर्ने क्रममा बम विस्पोट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए ।कोईरालाका अनुसार चितवनमा आज विप्लव समुहले बन्दको घोषणा गरेको छ । बन्दपूर्व राखिएको बम विस्फोटन भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाईते सिलवालको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । उनको हात र छातीमा चोट लागेको छ ।