निकाला गरिएका पत्रकारको पुर्नबहाली गर्न खाँणको आग्रह

प्रकाशित मिति:

काठमाडौं – प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुर्नबहाली गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले झण्डै एकदशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई हटाइएकाले पुनःबहाली गर्न माग गरे।

बैठकमा सांसदहरू तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद तिमल्सिना, नारायणप्रसाद मरासनीले असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण पहाडमा पहिरो र तराईमा नदीले हजारौँ रोपनी जमीन मरभूमितुल्य बनाएकाले बाढीपीडितलाई राहत र खोला नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। सांसदहरु देवप्रसाद गुरुङले रेञ्जर बटालिएन खारेज गर्न, देवेन्द्र पौडेलले राजमार्ग स्तरोन्नति गर्न र नवीना लामाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजिका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरेका थिए। यसैगरी सांसदहरु नवराज राउतले कर्णालीको राजधानी सुर्खेतस्थित शिखर शैली मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न, नवराज सिलवालले निजी अस्पताल तत्काल अनुगमन गर्न, नारायणप्रसाद खतिवडाले नुवाकोटकी बेपत्ता नागरिक चिनीमाया तामाङको खोजी गर्न र प्रमिला राईले डेङ्गु रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

थप समाचार