गुडिरहेको मोटरसाइकलबाट खसेर गुल्मीमा एकको मृत्यु

९ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
31 Shares

प्रतिकात्मक तस्वीर

गुल्मी – गुल्मीमा गुडिरहेको मोटरसाइकलबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-६ मा लु.२७ प. ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वषिर्य दोर्णनाथ कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।

घाइते कँडेलको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ वर्षीय बिष्णु विश्वकर्माले चलाएको मोटरसाइकलको पछाडि सामान समातेर बस्ने क्रममा कँडेल मोटरसाइकलबाट खसेका थिए । मोटरसाइकल चालक विश्वकर्मालाई नियन्त्रणमा राखेर थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया