जिल्ला अदालतमा बहस सकियो, केही समयमै आदेश आउने

प्रकाशित मिति:

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणअन्तर्गत दायर आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले ३ जनालाई अभियुक्त बनाएर दायर गरेको मुद्दामा प्रतिवादीको बयान पछि शुरु भएको थुनछेक बसह सकिएको जिल्ला अदालत चितवन स्रोतले खबरहबलाई जानकारी दियो । अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश हेमन्त मल्लको इजालशले आजै आदेश सुनाउने तयारी छ ।