के छ रवि, युवराज र अस्मिताबारे जिल्ला अदालत चितवनको आदेशमा

प्रकाशित मिति:

चितवन। चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’को विषयमा दिएको आदेश सार्वजनिक गरेको छ।संक्षिप्त आदेश अनुसार अदालतद्वारा रवि लामिछानेसँग ५ लाख रुपैयाँ, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरिएको छ भने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहाकोआदेश छ ।साथै आदेशमा लामिछानेलाई यो प्रकरणलाई लिएर कुनै बहस तथा कार्यक्रम चलाउन नपाउने उल्लेख छ ।उनीहरुले थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँने छन्। तर उनीहरु अदालतले तोकेको मितिमा नियमित तारेखमा भने उपस्थित हुनुपर्नेछ।