भैरबस्थान–रुपन्देही परिवारमा तीज मिलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल –पाल्पा भैरबस्थान–रुपन्देही परिवारले सोमबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको छ । पाल्पा जिल्लाको साविक भैरबस्थान गाबिस हाल रिब्दीकोट गाउँपालिका वडा नं। ४ बाट रुपन्देहीमा आई स्थायी वा अस्थायी रुपमा बेसोबास गर्दै आएकाहरुको भाईचार तथा सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित भैरवस्थान–रुपन्देही परिवारले गरेको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले भैरवस्थानको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही र भैरबस्थानलाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका वरिष्ठ सल्लाहकार तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठले भैरबस्थानबाट रुपन्देहीमा आएर बसेका व्यक्तिहरु बिचमा चिनजान नभएकै कारण गारो साँगुरो पर्दा समस्यामा पर्ने स्थितीको अन्त्य हुनु पर्ने भनाई राख्नुभयो । उहाँले संस्था स्थापनाले आपसमा जानपहिचानकालागि सहज भएको भनाई राख्नुभयो ।त्यस्तै संस्थाका परिकल्पनाकार तथा संरक्षक मेघराज कंडेलले तीजमा भैरबस्थान मन्दिर परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धा अहिले पनि झलझली आएको स्मरण गर्दै भैरबस्थानको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिकालागि पनि तीज मिलन कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।

संस्थाका अध्यक्ष केशव खनालको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पाली समाज रुपन्देहीका अध्यक्ष पदम कार्की, संस्थाका पूर्व उपाध्यक्ष तथा बिदुसी मल्टीपल एकेडेमीका सञ्चालक दुर्गा पोखरेल, संस्थाकी सांस्कृतिक उपसमिति संयोजक सीता खनाल, कोषाध्यक्ष रामचन्द्र कोईराला, सचिव आशिल बिक लगायतले भनाई राख्नुभएको थियो ।त्यसै अवसरमा बिदुसी मल्टीपल एकेडेमीबा युसीमास ग्राजुएसन गरेका बिद्यार्थीलाई सम्मान गरिएको थियो । ५ देखि १३ वर्ष उमेरका बालबालिकालाई अबाकस माध्यमद्वारा दिमागको चौतर्फी बिकास गर्ने गरिन्छ । त्यस्तै डिएमर्आइटी को माध्यमबाट जन्मसिद्ध क्षमता मापन गर्ने तथा बुद्ध दर्शन ध्यान अनि ज्ञान भन्ने अभियान पाठ्यक्रममै समावेश गरि असल अभिभावक बन्नकालागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने बिदुसी मल्टीपल एकेडेमीका सञ्चालक दुर्गा पोखरेलले बताउनु भयो ।