व्यक्तित्वको रहस्य खोल्ने कान्छी औँला

प्रकाशित मिति:

हातका सबै औँलाहरु समान हुँदैनन् । ति औँलाहरुको लम्बाई एक आपसमा मिल्दैनन् । तर तिनै औँलाको लम्बाई र आकारले व्यक्तिको स्वभाव संकेत गर्छ । हाम्रो औँलामा ३ भाग रहन्छन् । कान्छी औँलामा भएका यी ३ भागले व्यक्तिको स्वभाव कस्तो हुन्छ, त्यसलाई संकेत गर्दछ ।१० यदि तपाईंको हातको कान्छी औँला, माथ्लो भाग टुप्पो तिर अन्य तलका २ भागभन्दा लामो छ भने तपाईं मानिसलाई सहजै आफुतिर आर्कषित गर्न सक्ने क्षमताको हुनुहुन्छ । तपाईंको कुरा गर्ने शैली नै तपाईंले आफूतिर मानिस तान्ने प्रमुख हतियार हो । तपाईं प्रति प्रभावितहरु तपाईंलाई छिट्टै विश्वास गर्दछन् । यस्तो हुने ब्यक्तिमा मानिसको स्वभाव बुझ्नेसमेत क्षमता हुन्छ ।

२० जसको कान्छी औँलाको बीच भाग, माथिल्लो र फेदको भागभन्दा लामो छ भने ति ब्यक्तिहरु अरुको हेरचाहमा समय दिने खाल्का हुन्छन् । त्यस्ता व्यक्तिले आफूलाई भन्दा पनि अरुको बिषयमा चिन्ता गर्ने हुन्छन । कान्छी औँलाको बिच भाग लामो हुने ब्यक्तिहरु निकै कम मात्रामा भेटिन्छन् ।

३० यदि कोही ब्यक्तिको कान्छी औँलाको मुनिको भाग, माथिल्लो र बिचको भागभन्दा सानो छ भने ति ब्यक्तिहरु निकै बफादार मानिन्छन् । उनीहरु झुटो कुरा गर्न वा नचाहिँदा गफगाफ गर्दैनन् । उनीहरुको इमान्दारीतामा प्रश्न नगर्दा हुन्छ ।

४० यदि कान्छी औँलाका ३ वटै भाग औसतमा साना छन् भने पूरै कान्छी औँला सानो हुन्छ । कान्छी औँला सानो हुने मानिसहरु खासै चर्चामा रहदैनन् । उनीहरु भीडको हिस्सा मात्र हुन्छन् । उनीहरुको प्राय कुनै काममा ध्यान हुँदैन । साथै उनीहरु निकै कम लोकप्रिय हुन्छन् ।

५० यदि कोही ब्यक्तिको कान्छी औँलाको टुप्पो र फेदको भाग लामो अनि बीचको भाग छोटो छ भने ति ब्यक्तिहरु जिद्दी हुन्छन् । उनीहरू आफुमा कुनै किसिमको परिवर्तन वा अरुको सुझावलाई पालना गर्दैनन् । ति ब्यक्तिहरुले सधैं अरुको आलोचना खेप्नु पर्ने हुन्छ ।