सरकारकै कारण भ्रष्टाचार बढ्यो : प्रकाशमान सिंह

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी पनि उनले गरे ।

‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘यसबाट सरकारप्रति नागरिकको भरोसा गुम्दै गइरहेको छ ।’