पत्रकार खेम भण्डारीले दिए रवि लामिछानेलाइ कडा चुनौती

प्रकाशित मिति:

काठमाडौं – हिजो मात्र प्रहरीको हिरासतबाट मुक्त भएका रवि लामिछानेले राजनीतिमा जाने इच्छा देखाएपछि उनलाइ तत्काल अर्का पत्रकारले कडा चुनौती दिएका छन । हालै मात्र रविको कार्यक्रममा अतिथि भएर वोलेका सुदुरपश्चिमका पत्रकार खेम भण्डारीले रविलाइ कडा चुनौती दिएका हुन । राजनीतिमा जाने इच्छा देखाएका रविलाइ पत्रकार भण्डारीले सुदुरपश्चिको कुनैपनि स्थानबाट चुनाव लडन चुनौती दिएका छन ।

उनले भनेका छन–सुदुरपश्चिमबाट चुनाव लडन चुनौती दिन्छु । यदि उनले चुनाव लडे म हराइदिन्छु । रविलाइ यस्तो चुनौती दिएपछि अहिले हंगामा भएको छ । रवीलाइ भण्डारीले किन यति कडा चुनौती दिएर भनेर बहश पनि हुन थालेको छ । हालै मात्र प्रहरी हिरासतमा रहेका रवीको समर्थनमा चितवनमा ठुलो भिड लागेपछि उत्साहित भएका रविले राजनीति गर्ने इच्छा देखाएका हुन ।