कन्डम आयातमा ४ वर्षमै बाहिरियो ६६ करोड १४ लाख

प्रकाशित मिति:

काठमाडौं– परिवार नियोजको अस्थायी साधनमध्ये सबैभन्दा बढी प्रयोगमा आउने साधन कन्डम हो। नेपालले ४ वर्षमै कन्डम आयातमा ६६ करोड १४ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ। त्यसमा पनि सबैभन्दा बढी भूकम्प आएपछि आर्थिक वर्ष २०७२/७३ मा बढी कन्डम आयात भएको छ। भन्सार विभागमा अनुसार आव २०७२/७३ मा सबैभन्दा बढी २१ करोड ११ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख ५७ हजार ७ सय ७६ केजी कन्डम आयात भएको छ।

यसैगरी आर्थिक वर्ष २०७५/७६ मा १३ करोड ५३ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार ३ सय ६ केजी कन्डम आयात भएको छ। साथै २०७४/७५ मा १९ करोड ९३ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख ७ हजार ९ सय ९८ केजी कन्डम आयात भएको थियो भने आव २०७३/७४ मा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको १ लाख ८३ हजार २ सय ७७ केजी कन्डम आयात भएको छ। सरकारले कन्डम आयातमा भने १ प्रतिशत मात्रै कर लिँदै आएको