भ्रमण वर्षलाई सघाउने उद्देश्यका साथ १३औं संस्करणको काठमाडौं म्याराथन पुस ५ गते हुने

प्रकाशित मिति:

काठमाडौं – नेपाल भ्रमण बर्षलाई सघाउने उद्देश्यका साथ १३औं संस्करणको काठमाडौं म्याराथन पुस पहिलो साता आयोजना हुने भएको छ ।मंगलबार आयोजक प्रो स्पोर्टस प्रा लि ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि काठमाडौं म्याराथनको १३अौं संस्करण पुस ५ गते आयोजना हुने भएको जनाएको छ ।आयोजक प्रो स्पोर्टसले यसअघि दशैं अघि म्याराथन आयोजना गर्ने भनेपनी प्रतियोगिता आयोजना गर्न लागिएको लागि आर्थिक अभावका कारण प्रतियोगिता केही पर सार्नुपरेको प्रो स्पोर्टसकी कार्यकारी निर्देशक बागमती राईले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियोे ।पयर्टन आगमनका हिसाबले डिसेम्बरलाई अफ सिजन मानिए पनी नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने तयारीलाई टेवा पुर्याउने हेतुले र पर्यटनको लागी अफ सिजनमा पनि म्याराथनमार्फत विदेशी पर्यटकहरुलाई नेपाल ल्याउन सकियोस् भन्ने उद्देश्यका साथ यसपटक केहि महिना पछि म्याराथन आयोजना गर्न लागिएको प्रो स्पोर्ट्सका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी गराएका थिए ।

यसपटक हामीले बढी भन्दा बढी विदेशी खेलाडीले काठमाडौं म्याराथनमा भाग लिउन भन्ने उद्देश्यले युरोप, अमेरिका, जापान, भारतलगायतका देशमा एजेन्टहरुमार्फत यसको प्रचार सुरु गरिसकेका छौं । यसबर्षको पुरस्कार रासी प्रायोजकसँगको सम्झौता अघि बढेको र सम्झौता पछि जानकारी गराउने बताए ।राष्ट्रको पर्यटनलाई बढावा दिनुका साथै स्वस्थ नागरिक बनाउनुका साथै खेलकुदमा युवायुवतीको लगावलाई बढाउनका निमित्त पनि प्रत्येक बर्ष म्याराथनको आयोजना गर्दै आएको आयोजकले जानकारी गराएको थियोे ।पत्रकार सम्मेलनकै दौरान पुर्व ओलम्पियन तथा नेपाल एथलेटिक्स संघका पुर्व अध्यक्ष रघुराज वन्तले काठमाडौं म्याराथनमा नेपाल प्रहरीका भुमिराज राईको नाममा रहेको २ घण्टा २० मिनेट ४४ सेकेन्डको रेकर्ड तोड्ने धावकले १ सेकेन्डको १ हजार रुपैयाँका दरले पुरस्कार दिनुका साथै साउथ एशियाली खेलकुदमा बैकुण्ठ मानन्धरको नाममा रहेको २ घण्टा १५ मिनेट १ सेकेन्डको राष्ट्रिय रेकर्ड तोड्ने खेलाडीलाई नगत २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

खेलाडीको उच्च मनोबल बनाउनका लागी यो पुरस्कारको घोषणा गरिएको ओलम्पियन वन्तले पत्रकार सम्मेलनमा जानकारी गराए ।काठमाडौं म्याराथनमा महिला पुरुष म्याराथान, हाफ म्याराथन, कर्पोरेट रिेले, ५ किलोमिटर खुला दौड, ५ किलोमिटर छात्र९छात्रा दौड, ३ किलोमिटर ह्विलचियर दौड रहेको छ । यसपाली पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमेली रन पनि राखिएको आयोजक जनाएको छ ।काठमाडौं म्याराथनको एयर लाइन्स पार्टनर्सको रुपमा ड्रागन एयर रहेको छ । इसेवा पेमेन्ट पाटर्नसको रहेको छ त्यस्तै डाइनिङ पार्क काठमाडौं म्याराथनको बेवरेज पाटर्नरका रुपमा रहनेछ ।१२औं संस्करणको काठमाडौं म्याराथनका दौरान धावकहरुले दौडिदा रुटमा केहि असहज भएको भनेर गतबर्षकी उपाधी बिजेता कान्छीमाया कोजुको गुनासोमा यसबर्षको प्रतियोगितामा सुधार गर्दै म्याराथनमा सहभागी स्वदेशी र बिदेशी धावकहरुको उच्च सुरक्षाका लागी यसपटक नेपाल प्रहरी, ट्राफिक प्रहरी, शसस्त्र प्रहरी र स्वयंसेवकसँगको सल्लाहमा विशेष प्रकारको व्यवस्थापन गरिने आयोजकले प्रतिबद्धता जनाएको छ ।१३औं संस्करणको काठमाडौं म्याराथन राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै हिमालय होटेल, पाटन गेट, चकुपट, युएन पार्कको बाटो हुँदै संखमुल हुँदै नयाँ बानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, सुकेधारा, महाराजगंन्ज, नारायणगोपाल चोकबाट लैनचौर, नारायणहिटी दरबार, दरबारमार्ग, घण्टाघर, भद्रकाली, शहिदगेट हुँदै दशरथ रंगशाला पुगेर समापन हुने आयोजकले जनाएको छ ।