चट्याङ लागेर ओखलढुंगामा एक बृद्धाको ज्यान गयो

प्रकाशित मिति:

ओखलढुंगा- ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर एक बृद्धाको ज्यान गएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भीरगाउँका ६८ वर्षीया कृष्णमाया मगरको चट्याङ लागेर ज्यान गएको हो ।

घर नजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासि चट्याङ लागेको स्थानीयले बताएका छन् । चट्याङ लागेका मगरलाई स्थानीयले उद्धार गरि घरमा ल्याउदै गर्दा बाटोमै ज्यान गएको ओखलढुंगा प्रहरी निरीक्षक राजिब श्रेष्ठले बताए । मगरको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पलात रुम्जाटरमा पठाइएको छ ।

त्यस्तै सोमबार नै जिल्लाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा एक स्थानीयको घरमा चट्याङ पर्दा टिनको छानो भएको घर जलेको छ । स्थानीय भोला बहादुर गुरुङको घरमा चट्याङ परेर आगलागी हुदाँ घर जलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।आगलागीका कारण गुरुङको करिब १ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।