जोन अब्राहमको ‘बटला हाउस’ले कति कमायो

प्रकाशित मिति:

काठमाडौं – बलिउड अभिनेता जोन अब्राहम अभिनित फिल्म ‘बटला हाउस’ले सोमबारका दिन पनि बक्स अफिसमा राम्रो कमाई गरेको छ । फिल्म ट्रेड ररिपोटर््सका अनुसार रिलिजमा आएको १२ औं दिन ‘बटला हाउस’ले बक्स अफिसमा २।२६ करोडको ब्यापार गरेको छ ।

निखिल अडवाणीको निर्देशनमा बनेको यो फिल्मले अहिलेसम्म बक्स अफिसमा ८६। ०४ करोडको ब्यापार गरिसकेको छ । यो फिल्मले चाँडै १०० करोडको कमाई गर्ने आँकल गरिएको छ ।

यो फिल्म सेप्टेम्बर २००८ मा दिल्लीको जामिया नगरको विवादित इन्काउन्टरमा आधारित छ । फिल्ममा जोन अब्राहमले सञ्जय कुमारको भूमिकामा प्रस्तुत भएका छन् ।