अवालेद्धारा थाईल्याण्डमा तालिमको अवलोकन

प्रकाशित मिति:

काठमाडौं –  नेपाल बक्सिङ संघका सदस्य एवं अन्तर्राष्ट्रिय समन्वय संयोजक श्याम अवालेले १३ औं सागका लागि थाइल्यान्डमा प्रशिक्षणमा रहेका बक्सिङ खेलाडीहरुको निरीक्षण तथा तयारीका बारेमा जानकारी लिएका छन् ।अवालेले विगत दुई महिनादेखि प्रशिक्षणमा रहेका २० सदस्यीय नेपाली टोलीको निरीक्षण गर्नुका साथै थाइल्यान्ड बक्सिङ संघलाई धन्यवाद दिदै प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।थाइल्यान्डका प्रमुख बक्सिङ प्रशिक्षक सुवानद्वारा नेपाली खेलाडीको अत्ति नै मेहनती भएको बताउदै थाइल्यान्ड बक्सिङ खेलाडीसंग तालिम गराउन पाउदा हौसला मिलेको बताएका थिए । उनले भने तालिमले दुई राष्ट्रका खेलाडीबीचको भाइचारा र एक आपसमा सिक्ने अवसर प्रदान गरेको छ ।

थाइल्यान्डमै रहेर प्रशिक्षण गराइ रहेको नेपालका बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले दुई महिनाको थाइल्यान्डको तालिम अत्ति नै फलदायी भएको बताउदै प्रशिक्षणका लागि सम्पूर्ण सुविधा भएकाले खेलाडीहरुले उच्च मनोबलका साथ प्रशिक्षण गरेको अनुभव सुनाए ।खेलाडी भुपेन्द्र थापा मगरले तालिमले सम्पूर्ण खेलाडीको मनोबल उच्च बनाएको बताउदै यहि तुलनामा तालिम लिन सके सागमा अवश्य मेडल जित्ने विश्वास व्यक्त गरे । संघका सदस्य अवालेले थप वैदेशिक प्रशिक्षणका लागि विभिन्न देशहरुमा बक्सिङ संघले प्रयत्न गरिहेको जानकारी गराए ।उनले दुई महिनाको तालिममा करिब ६० हजार ६०० अमेरिकी डलर खाना र होटलमा खर्च भएकोमा उक्त सम्पूर्ण खर्च थाइल्यान्ड बक्सिङ संघलाई उपलब्ध गराइ दिन आग्रह गरेको बताए । उनका अनुसार नेपाली टोली भदौ ११ गते नेपाल फर्किने छ ।थाइल्यान्ड बक्सिङ संघका निर्देशक क्राइताच काइकातेले नेपाल र थाइल्यान्डबीच लामो सम्बन्ध रहेको स्मरण गराउदै नेपाली बक्सिङको विकासमा सदैव सहयोग रहने प्रतिबद्धता जनाए ।

अवालेले विगत दुई महिनादेखि प्रशिक्षणमा रहेका २० सदस्यीय नेपाली टोलीको निरीक्षण गर्नुका साथै थाइल्यान्ड बक्सिङ संघलाई धन्यवाद दिदै प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।थाइल्यान्डका प्रमुख बक्सिङ प्रशिक्षक सुवानद्वारा नेपाली खेलाडीको अत्ति नै मेहनती भएको बताउदै थाइल्यान्ड बक्सिङ खेलाडीसंग तालिम गराउन पाउदा हौसला मिलेको बताएका थिए । उनले भने तालिमले दुई राष्ट्रका खेलाडीबीचको भाइचारा र एक आपसमा सिक्ने अवसर प्रदान गरेको छ ।थाइल्यान्डमै रहेर प्रशिक्षण गराइ रहेको नेपालका बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले दुई महिनाको थाइल्यान्डको तालिम अत्ति नै फलदायी भएको बताउदै प्रशिक्षणका लागि सम्पूर्ण सुविधा भएकाले खेलाडीहरुले उच्च मनोबलका साथ प्रशिक्षण गरेको अनुभव सुनाए ।खेलाडी भुपेन्द्र थापा मगरले तालिमले सम्पूर्ण खेलाडीको मनोबल उच्च बनाएको बताउदै यहि तुलनामा तालिम लिन सके सागमा अवश्य मेडल जित्ने विश्वास व्यक्त गरे । संघका सदस्य अवालेले थप वैदेशिक प्रशिक्षणका लागि विभिन्न देशहरुमा बक्सिङ संघले प्रयत्न गरिहेको जानकारी गराए ।उनले दुई महिनाको तालिममा करिब ६० हजार ६०० अमेरिकी डलर खाना र होटलमा खर्च भएकोमा उक्त सम्पूर्ण खर्च थाइल्यान्ड बक्सिङ संघलाई उपलब्ध गराइ दिन आग्रह गरेको बताए । उनका अनुसार नेपाली टोली भदौ ११ गते नेपाल फर्किने छ ।थाइल्यान्ड बक्सिङ संघका निर्देशक क्राइताच काइकातेले नेपाल र थाइल्यान्डबीच लामो सम्बन्ध रहेको स्मरण गराउदै नेपाली बक्सिङको विकासमा सदैव सहयोग रहने प्रतिबद्धता जनाए ।