चोरीका सात थान मोबाइलसहित दुई जना पक्राउ

प्रकाशित मिति:

मध्यपुरथिमि – प्रहरीले विभिन्न ठाउँबाट मोबाइलसहित अन्य सामान चोरी गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोबाट महानगरीय प्रहरी वृत्त थिमिले बनेपा नगरपालिका–८ का २४ वर्षीय पञ्च घलान र नुवाकोटको बागेश्वरी गाउँपालिका–४ का १९ वर्षीय एरिन तामाङलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।उनीहरुका साथबाट सात थान मोबाइल, एटिएम कार्ड, नागरिकतालगायत सामान बरामद गरिएको छ ।