विश्वकै सबै भन्दा कम क्षेत्रफल ओगटेको अमेरिकाको पोर्टल्याण्डमा रहेको पार्क

प्रकाशित मिति:

काठमाडौं – पार्क भन्ने वित्तिकै हरियालीसहितको फराकिलो ठाँउ भन्ने कल्पना गरिन्छ । तर, पोर्टलाण्डमा एउटा यस्तो पार्क छ, जुन मात्र ४ सय ५२ इन्चको छ ।धेरैलाई थाहा नहुन सक्छ । वास्तवमा अमेरिकाको पोर्टल्याण्डमा रहेको विश्वकै सवैभन्दा सानो पार्क हो । यो पार्कले कीर्तिमान समेत बनाएको छ । मात्र ४ सय ५२ इन्चको क्षेत्रमा निर्मित पार्कको नाम मिल इन्ड्स पार्क हो ।

पोर्टल्याण्डको ओरेगनमा निर्मित यो पार्कले सन् १९७१ मा विश्वको सबैभन्दा सानो पार्कका रुपमा गिनिज बुकमा दर्ता भएको थियो । दोश्रो विश्वयुद्धका योद्धा तथा पत्रकार डिक फागनको कल्पना तथा सिर्जनाको रुपमा रहेको यो पार्कलाई पोर्टल्याण्डको मनोरञ्जन विभागले निर्माण गरेको हो ।सन् १९४८ मा बनाइएको यो पार्कमा विभागले एक आधिकारिक साइनबोर्ड स्थापित गरेको छ । मानिसहरुलाई दुनियाको यो सबैभन्दा सानो किर्तिमानी पार्कका बारेमा चिनाउने सरकारको उद्देश्य छ