डलरको भाउ फेरि बढ्यो, एक महिनामा ५ रुपैयाँले महँगियो

प्रकाशित मिति:

काठमाडौं – डलरको भाउ फेरि बढेको छ । खासगरि भरतीय मुद्रा कमजोर बन्दाको असर नेपाली रुपैयाँमा परेको छ । जसका कारण नेपालमा एक महिना यता डलरको भाउ ५ रुपैयाँले बढेको छ ।पछिल्लो एक महिनामा डलरको भाउ ५ रुपैयाँले बढेको छ । मंगलबार ५८ पैसाले बढेको डलरको विक्रीदर १ सय १५ रुपैयाँ ५४ पैसा कायम भएको छ । जुन भाउ एक महिना अघिको तुलनामा ५ रुपैयाँले बढी हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार डलरको भाउ एक महिना अघि साउन ११ गते १ सय १० रुपैयाँ ५४ पैसा थियो ।

अमेरिका र चीनबीच बढ्दै गएको व्यापार विवादका कारण डलरको भाउ बढ्दै गएको थियो । तर पछिल्लो समय भारतले जम्मु–कश्मिरलाई केन्द्रीय सरकारको मातहतमा ल्याउने निर्णय गरेसँगै भारतीय अर्थतन्त्र कमजोर बन्न जाने विष्लेशण अर्थविदहरुले गरेका छन् । त्यसैले गर्दा भारतीय मुद्रा कमजोर देखिएको छ ।भारतीय मुद्राको संकुचन भएपछि डलरको भाउ बढेको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर रहेकाले नेपाली रुपैयाँपनि अबमूल्यन भएको छ । जसले गर्दा नेपालमा पनि एकमहिना यता डलरको भाउ बढ्दै गएको छ ।डलरको भाउ बढ्दा रेमिट्यान्स बढ्न सकने छ । तर आयातित अर्थतन्त्र भएकाले व्यापार घटा झनै बढ्न जान्छ । आयातित सामान महँगो पर्ने भएकाले बजारमा मूल्यवृद्धि हुन् सक्ने छ ।

थप समाचार