पाँच परम्परागत मान्यता, जसका पछाडी यस्ता छन् वैज्ञानिक कारण

प्रकाशित मिति:

एजेन्सी –सामाजिक तथा धार्मिक रुपमा चलेका अधिकाशं परम्पराहरु अझै पनि नेपाली समाजमा चलिरहेको पाइन्छ । कतिपय मानिसले ति परम्परा र मान्यताको पछाडी कुनै तुक नभएको भन्दै विरोध गरे पनि अझै हाम्रो समाजमा कायमै छ । कतिपय हामीले नबुझेर पनि ति मान्यताको अनुशरण गर्छौं भने कतिले त्यसलाई रुढिवादी परम्परा मान्दछन् ।बर्षौदेखि चलिआएका ति मान्यता तथा प्रथामा केहि तथ्य छ कि रु रुढिवादी नै हुन् रु बर्षौं पहिलेदेखि चलिआएका केही मान्यता पछाडी वैज्ञानिक कारण समेत भेटिएको छ ।

रातमा कुचो लगाउनु हुँदैन रात परेपछि घरमा कुचो लगाउनु अर्थात बढार्नु हुँदैन भन्ने मान्यता रहेको छ । रातको समयमा कुचो लगाउनुलाई अशुभ मानिन्छ । यसका पछाडी वैज्ञानिक कारण पनि भेटिएका छन् । खासमा राती कुचो लगाउँदा बढारिएको कसिंगरसँगै बहुमूल्य धातु वा धनसम्पत्तिसमेत बढारिएर जाने गर्दछ । यसले गर्दा धनको हानी भई ऋण लाग्ने विश्वास गरिन्छ ।

मलामीबाट फर्केर नुहाउँनु यदि कसैको मलामी जाँदा घाटबाट फर्केर अनिवार्य नुहाउँनु पर्ने मान्यता प्रथाको रुपमा कायम भयो । मलामी गएको मानिस नुहाएन भने अशुभ हुने विश्वास गरिन्छ ।खासमा यसका पछाडी पनि वैज्ञानिक कारण छ । मृत शरीर वा लासमा दुषित ब्याक्टेरियाको मात्रा धेरै हुन्छ । मलामी गएको मानिसले शव छुने हुदाँ बिरामी हुने सम्भावना हुन्छ । यदि नुहाएमा ति मानिसको शरीर सफा भई रोगको सम्भावना रहँदैन ।

महिनावारी हुदाँ मन्दिर र भान्सा छिर्न नपाइने अझै पनि कतिपय घरमा महिनावारी भएका महिलाले भान्सामा जान, खाना पकाउन वा खाद्य सामाग्री छुन पाउँदैनन् । पूजाकोठा तथा मन्दिरमा समेत उनीहरुलाई रोक लगाइन्छ । महिनावारी भएका महिलाले छोएमा फोहोरी र अशुभ मानिन्छ ।घरका कुलदेवता रिसाउने समेत मान्यता छ । तर यसको पछाडी वैज्ञानिक कारण भने महिनावारी भएका महिलामा शारीरिक उर्जा कम हुने र सरसफाइको कमी भएमा रोग निम्तन सक्ने भन्दै भान्सामा रोक लगाइएको हुनसक्छ ।

दही खाएर यात्रामा जानु विशेष कुनै महत्वपूर्ण काममा घरबाट बाहिर निस्कादा परिवारका सदस्यहरुले दही खुवाउने चलन छ । दही खाएर यात्रामा जादाँ घर बाहिर पनि भाग्यले साथ दिने मान्यता छ । दही खाएर निस्कदा साइत राम्रो हुने विश्वास गरिन्छ । तर यसको पछाडी वैज्ञानिक कारण भने पहिलेपहिले यात्राका साधन कम हुँदा मानिसहरु हिँडेर नै यात्रा गर्दथे । यसले गर्दा मानिस थाक्ने तथा शरीरमा गर्मी हुन्छ । त्यसैले दहीमा चिनी मिसाएर खाँदा शरीर शितल हुने तथा उर्जा रहिरहने गर्दछ ।

प्रवेशद्वारमा कागती र खुर्सानी झुन्ड्याइनु हरेक परिवार आफू र आफन्तमाथि कुनै खराब आचरण र कसैको कुदृष्टि नपरोस् भन्ने चाहन्छन् । उनीहरु यसका लागि अनेकौं सावधानी तथा उपाय अपनाइरहेका हुन्छन् । परम्परादेखि कुदृष्टिबाट घरपरिवार बचाउन ढोकामा कागती र खुर्सानी झुन्ड्याउने गरिन्छ ।यस पछाडीको वैज्ञानिक कारण भने यसरी प्रवेशद्वारमा कागती र खुर्सानी झुण्डाउँदा त्यसमा भएको साइट्रिक एसिडले ब्याक्टेरियालाई नष्ट गर्छन् । र परिवारको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्दछ ।