बेहुलीलाई भर्जिन नलेख्न सर्वोच्चको आदेश

प्रकाशित मिति:

एजेन्सी –बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट भर्जिन शब्द हटाउन आदेश दिएको छ । त्यहाँको उच्च अदालतले भर्जिनको सट्टामा अविवाहित लेख्न आदेश दिएको हो । यसअघि वैवाहिक प्रमाणपत्रका हकमा भर्जिन विधवा वा पारपाचुकेमध्ये एउटा चिन्ह लगाउने पर्नेथियो। विधवा र पारपाचुके भने कायम राखिएको छ ।

अदालतले भर्जिन शब्द अपमानजनक र विभेदकारीसमेत भनेको छ । यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर छ । यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ । ब्रगादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन् ।