कांग्रेस बैठक सकिएपछि मात्र नेविसंघकाे नेतृत्व तोकिने

प्रकाशित मिति:

काठमाडौँ – नेपाल कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो बस्दै छ। दिउँसो २ बजे बस्ने पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको अजेण्डा अनुसार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो। समयावधि सकिएका कांग्रेसका भातृसंस्थाहरु निष्कृय छन्। अध्यक्ष नैनसिं महरले राजीनामा दिएपछि नेवि गत माघ महिनादेखि नेतृत्वबिहीन छ। नेविसंघको नेतृत्व तोक्ने जिम्मा सभापति शेरबहादुर देउवाले लिएका छन्। सभापति देउवा केन्द्रीय समितिको बैठक सकिएपछि मात्र नेविसंघको नेतृत्व तोक्ने तयारीमा छन्। कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ।