लामिछाने विरुद्ध भण्डारीको मुद्धा

प्रकाशित मिति:

काठमाडौं – न्यूज-२४ का पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन । पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन ।

स्मरण रहाेस सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता लामिछाने ११ दिनकाे प्रहरी अनुसन्धान पार गर्दै चितवन जिल्ला अदालतकाे आदेश अनुसार पुडासैनी आत्महत्या प्रकरणमा ५ लाख धरौटी रकम बुझाएर छुटेका हुन । पुडासैनी आत्महत्या प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु पर्ने सर्त सहित उनी हिरासत मुक्त भएसँगै राजनीतिमा आउने संकेत गरेका छन । पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उजुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटले घेरिएका छन ।

यस्ताे छ मुद्धा :-