समाजवादी पार्टीको पदाधिकारी बैठकः सांगठनिक एकताबारे छलफल

प्रकाशित मिति:

काठमाडौं – समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक जारी रहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसिरहेको पदाधिकारी बैठकमा तत्कालीन नयाँ शक्ति पार्टीसँग भएको एकतापछिको पार्टी समायोजन, संगठन निर्माण, कार्यविभाजन, राजपा नेपालसँगको एकीकरण, महाधिवेशन लगायतको विषयमा छलफल भइरहेको पार्टीका सहमहासचिव प्रकाश अधिकारीले बताए ।

नयाँ शक्तिसँग एकीकरण गरेपछि प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको समायोजन तथा कार्यविभाजन भइरहेको छ । त्यसैको बारेमा छलफल गर्न बैठक बोलाएको हो । प्रदेश १ र ३ मा सहमति हुन सकेको छैन । त्यसको बारेमा पनि छलफल हुने बताइएको छ । साथै राजपा नेपालसँग एकीकरणको बारेमा भइरहेको छलफलको विषयमा पनि कुराकानी हुने बताइएको छ ।