लुम्बिनी बौद्ध विश्व बिद्यालयमा अनियमिता भएको भन्दै समाजबादी पार्टीले बुझायो ज्ञापन पत्र

प्रकाशित मिति:

जगिलाल थापा/लुम्बिनी – समाजबादी पार्टी लुम्बिनी सांस्कृतिक नगर कमिटीले लुम्बिनी बौद्ध विश्व बिधालयको केन्द्रीय कार्यलयमा विभिन्न माग राखी ज्ञापन पत्र दिएको छ। समाजबादी पार्टी लुम्बिनी सांस्कृतिक नगर समितिका अध्यक्ष अब्दुल मोबिन खानको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरुको समेत सहभागितामा सो ज्ञापन पत्र बुझाएको हो।उक्त ज्ञापन पत्रमा लुम्बिनीको गरिमा बिपरित देबदहमा लुम्बिनी बौद्ध विश्व बिधालयको नाममा खरिद गरिएको जग्गाको बिरोद गर्दै विश्व बिधालयको बिस्तार तथा ब्यबस्थापन लुम्बिनी क्षेत्र भित्र नै गरिनु पर्ने उल्लेख गरिएको छ।भगवान गौतम बुद्धका उपदेशलाई विश्व शान्तीका लागि मार्गदर्शक सन्देशका रुपमा स्विकार एबम अनुसरण गरि शान्ती,बन्धुत्व,मैत्री तथा सद्भाव प्रबर्द्धन गर्न शिक्षामा गुणस्तर कायम गरि बौद्ध दर्शन, साहित्य,शिक्षा र संस्करतिको अध्ययन अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्थाहरु संचालन गर्न जनस्तरबाट विश्व बिधालय स्थापना गरिएको भएपनि विश्व बिधालयले विश्व बिधालयको हित बिपरित अनियमित गरेको भन्दै समाजबादी पार्टीले ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा भनिएको छ बौद्ध विश्व बिधालयको हित बिपरित बुटवलमा संचालित BTTM,BA-LLB तहको अध्यन अध्यापन तत्काल बन्द गरि सो कक्षाहरु केन्द्रीय क्याम्पसमै संचालन गर्नु पर्ने,बौद्ध विश्व बिधालयको काठमाण्डौमा स्थापना गरिएको परीक्षा शाखा केन्द्रीय कार्यलय लुम्बिनीमै स्थापना गरि संचालन गरिनु पर्ने,बिधार्थी भर्ना सूचना बेलैमा र पारदर्शी रुपमा सबै तहले सूचना प्राप्त गर्ने गरी प्रकाशन र प्रशारण गरिनु पर्ने लगयात माग राखि लुम्बिनी विश्व बिधालयको केन्द्रीय क्याम्पस लुम्बिनीमा केन्द्रीय क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेलाई सो ज्ञापन पत्र बुझाइएको हो।

लुम्बिनी बौद्ध विश्व बिधालय,केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले ज्ञापन पत्र बुझ्दै ज्ञापन पत्रमा उल्लेखित गरेक मागहरु जायज र सान्दर्भिक रहेको र बुटवलमा संचालित BTTM,BA-LLB तहको अध्ययन अध्यापनले लुम्बिनी क्षेत्रको गरिमालाई बाइपास गरेको नभै प्रदेश सरकारले सो कक्षाहरु बुटवलमा पनि संचालन गर्ने गरि बजेट ब्यबस्था भैआएकोले ति कक्षाहरु बुटवलमा संचालन गर्न लागिएको र बुटवलमा संचालन हुने BTTM,BA-LLB तहको अध्यन अध्यापन केन्द्रीय क्याम्पसमा पनि निरन्तर संचालन हुने क्याम्पस प्रमुख न्यौपानेले जानकारी दिनु भएकोछ।साथै देबदहमा विश्व बिधालयको नाममा खरिद गरिएको जग्गा लुम्बिनीको गरिमालाई घटाउन नभै क्याम्पसको क्षेत्र बिस्तार मात्र भएको र लुम्बिनीमा पनि क्षेत्र बिस्तारको कार्यलाई अगाडी बढाइएको बताउनु भएकोछ। लुम्बिनी बचाऔं संघर्ष समितिका सह संयोजक मोहम्मद इस्लामले लुम्बिनी विश्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थल भएको र गौतम बुद्धका विभिन्न ईतिहास र दस्ताबेज साथै दर्शनको अध्ययन र अध्यापन लुम्बिनीमा गर्दा जति गरिमा बढ्छ अन्यस्थानमा नहुने भन्दै बौद्द दर्शनको अध्ययन र अनुसंन्धान लुम्बिनीमा रहेको केन्द्रियमै संचालन गरिनु मागमा विश्व बिधालयले बेवास्ता नगर्न समेत आग्रह गर्नु भएको छ।