राज्यलाई सफल बनाउन तीन तहकै सरकारको दायित्व : राज्यमन्त्री यादव

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलवस्तु – कपिलबस्तुको जिल्लाको बुद्धभूमि नगरपालिकालाई बालविवाह मुक्त र पूर्ण खोप सुनिश्चितता घोषणा सभालाई सम्बोधन गर्दै संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले तीन तहका सरकार मिलेर अघि बढे विकास सम्भव भएको बताइका छन् । मुलुक संघीयताको कार्यान्वयनमा रहेको र संविधानले तीन तहका सरकारको परिकल्पना गरेको बताउदै आ–आफ्ना अधिकार क्षेत्रका काम सही ढंगले गर्न सके विकासले गतिलिने बताए ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आयोजना गरेको घोषणा सभा कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालमा संघीयता आएसंगै विकासको लहर चलेको भन्दै यसलाई सफल पार्ने दायित्व तीन तहकै सरकारको भएको बताउएका छन् । स्थानीय सरकारको मातहतमा स्वास्थ्य शाखा रहेको भन्दै उनले अब स्थानीय सरकारका प्रमुखले स्वास्थ्य शाखाका कर्मचारीलाई आफ्नो स्थानीय तहमा जतापनि मिलाएर सरुवा गर्न सक्ने बताएका छन् ।  जिल्लाको बुद्धभूमि नगरपालिकालाई बालविवाह मुक्त र पूर्ण खोप सुनिश्चितता घोषणा सभालाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले संघीय सरकारसंग मिलेर अगाडी बढ्न चाहे आवश्यक बजेट दिन सकिने बताएका छन् ।
उनले संघीय सरकारले एक नगरपालिकामा १५ शैयाको हस्पिटल बनाउने नीति लिएको भन्दै त्यसको लागि नगरपालिकाले १५ कट्ठा जग्गा दिन सके तुरुन्तै बजेट दिन सकिने बताएका छन् ।संघीय सरकारले सबै स्थानीय तहमा औषधि खरिदका लागि आवश्यक बजेट दिएपनि कतिपय स्थानीय तहले गलत काममा खर्च गर्ने गरेको बताएका छन् । ″संघीय सरकारले औषधि खरिदका लागि आवश्यक बजेट पठाउँदै आएको छ, तर कतिपय स्थानीय तहले त्यो बजेट गलत काममा लगाउने गरेको पनि पाएको बताउदै उनले अब स्थानीय तहमा औषधि अभावनहुने गरीद राज्य लागी परेको बताएका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका एकै पटक पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा आज मंगलबाट भएको छ । नगरपालिकाको गोरुसिंगेमा आज मङ्गलबार भव्य कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त घोषणा गरेको छ ।  विभिन्न अथक प्रयासले गर्दा नगरपालिकाले ठूलो उपलब्धी हासिल गर्न सफल भएको भन्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले खुसी व्यक्त गरेका छन । प्रमुअ श्रेष्ठले नगरका सबै वडा पूर्ण बालविवाह मुक्त भएका र सबै वडा पूर्ण खोप युक्त भएकाले पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको बताएका छन् । कार्यक्रमा यसैबीच नगरपालिकाले छिट्टै नै शून्य होम डेलिभरी नगरपालिका पनि घोषणा गर्ने तयारी थालेको छ । हालसम्म दुई वडा शुन्य होम डेलिभरी वडा घोषणा भैसकेको भन्दै अबका केही महिना पछि ४ वडा एकै पटक शुन्य होम डेलिभरी हुन लागेको नगर प्रमुख श्रेष्ठले बताएका छन् ।  नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई बिषेश प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरिरहेको बताएको छ ।