विश्वहिन्दु महासंघ अधिवेसनको तयारीमा

११ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
101 Shares


स्याङ्जा— विश्वहिन्दु महासंघ जिल्ला कार्य समिति स्याङ्जाले जिल्लाका ११ ओटै स्थानीयतहमा अधिवेसन मार्फत समिति गठनको तयारीमा जुटेको छ । पहिलो पटक वालिङ नगरपालिकामा अधिवेसन गरेर शुरुवात गर्न लागेको हो । आगामी भदौ २१ मा हुने नगरपालिकाको अधिवेशनलाई ऐतिहासिक बनाउन तयारीलाई तिव्र पारिएको महासंघ स्याङ्जा शाखाका अध्यक्ष हरिहर पाण्डेले जानकारी दिए । अधिवशेशनका लागि महासंघले “बैदिक सनातन धर्म,संस्कार र संस्कृतिको संरक्षणमा उठौं, भाद्र २१ गते पतञ्जली योगपीठ वालिङ नगरीमा जुटौं” भन्ने अभियान समेत चलाएको छ ।

अभियान अन्तर्गत पतञ्जली योगपीठ वालिङमा तयारी भेला गरिएको छ । सो अवसरमा बोल्दै महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले अधिवेशन बैदिक सनातन धर्मको संरक्षणमा सफल हुने विश्वास व्यक्त गरे । मुलुकलाई धर्म निरपेक्ष घोषणा गरेर हिन्दु धर्मलाई ओझेल पार्न खोजीएको होकी भन्ने हामीलाई लागेकाले सबै हिन्दु धर्म बचाउन अग्रसर हुनुपर्ने धारणा पराजुलीको थियो । अधिवेशनमा डाक्टर चिन्तामणी योगीको प्रमुख आतिथ्यता रहने भन्दै महासंघ स्याङ्जाका अध्यक्ष पाण्डेले सवैलाई सहभागी हुन आग्रह गरे । कार्यक्रममा शिक्षाविद मुक्ती प्रसाद सुवेदीले धर्म विना मानव जीवन अन्धकारमय हुने बताए । कार्यक्रममा विश्वहिन्दु महासंघका पदाधिकारी, पतन्जली योगपीठ स्याङ्जाका सदस्यहरु,ओम शान्ती परिवार, नेवा खल परिवार,शिक्षक,राजनैतिक दलका नेताहरु,व्यापारी,पत्रकार लगायत आ—आफ्नो भेषभुषा सहित उपस्थित भएका थिए । वालिङबाट शुरु गरिने स्थानीय तहको अधिवेसन जिल्लाका अन्य स्थानीय तहमा पनि गठन गर्ने तयारीका साथ विश्व हिन्दु महासंघ स्याङ्जा अगाडी बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव