डडेल्धुरामा जिप दुर्घटना, एकको मृत्यु

प्रकाशित मिति:

डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिका ४, सेरागाडमा बुधबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीनजना सामान्य घाइते भएका छन् । म.१ज २१० नम्बरको जिप बिहान १० बजेतिर भएको दुर्घटनामा बैतडीको पाटन नगरपालिका ७ की ६५ वर्षीया मानमति चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप डडेल्धुराको देवल दिव्यपुरबाट सदरमुकामतर्फ आउँदै थियो । प्रहरीका अनुसार कच्ची सडकको घुम्तीमा जिप अनियन्त्रित भई ‘ब्याक’ भएर दुर्घटना भएको हो । जिपमा १५/१६ यात्रु रहेको पनि सबै सकुशल छन् । जिप चालक जयराज भट्ट भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।