गोरखामा ४३ घण्टापछि बिजुली बल्यो

प्रकाशित मिति:

गोरखा– गोरखामा गएको सोमबार साँझदेखि अवरुद्ध विद्युत सेवा ४३ घण्टापछ सञ्चालनमा आएको छ । प्राविधिकहरूको ४३ घण्टाको मर्मतपछि विद्युत् सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

सोमबार साँझ परेको चट्याङले सदरमुकामको सबस्टेशनको ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि सदरमुकाम र आसपासको क्षेत्रका २० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाबाट बञ्चित थिए । गोरखा वितरण केन्द्रसहित पोखरा ग्रिड र मध्यमर्स्याङ्दी आयोजनाका प्राविधिकहरूले ट्रान्सर्फमर मर्मत गरेका हुन् ।