पहिरो प्रभावितलाई आर्थिक सहयोग

प्रकाशित मिति:

गुल्मी-गुल्मी सेवा समाज कतारको समन्वय ठूलो लुम्पेक , अस्लेवा मचाकोट कतार समाजको पहलमा संकलन गरिएको २ लाख २८ हजार रुपैया राहत रकम हस्तान्तरण गरिएको छ ।कार्यक्रमका संयोजक श्रीप्रसाद थापाले सत्यवति गाउ“पालिका वडा नं ३का वडाध्यक्ष रुकवहादुर रानालाई १ लाख २७ हजार रुपैया, सत्यवति ४ लिम्घामा ६१ हजार रुपैया , पहिरोबाट क्षतीग्रस्त शिद्ध प्राविलाई २० हजार रुपैया र कालिगण्डकी गाउ“ पालिकालाई २० हजार रुपैया हस्तान्तरण गरिएको जानकारी दिए । प्रभावित क्षेत्रमा पुगेर जनप्रतिनिधीहरुलाई संयोजक थापा लगायतले नगद रुपैया हस्तान्तरण गरेका हुन ।

पहिरोले १३ जनाको ज्यान लिएको थियो भने दर्जनौ परिवार अहिले पनि विस्थापित भई अस्थायी शिविरमा आश्रय लिईरहेका छन । प्रभावितहरुलाई थोरै भएपनि राहत होस भनी युवाहरुको पहलमा रकम संकलन गरिएको संयोजक थापाले वताए । कतारमा रोजगारी गर्ने भिम तरामु, तारा कुंवर, कुमार राहादी, दिपक राहादी, खोमा सिंजापति विक्रम तरामु, श्रीप्रसाद थापा लगायतका युवाहरु राहत संकलनमा सक्रियपुर्वक अभियान नै संचालन गरेका थिए ।