नवलपरासीका विभिन्न स्थानमा दर खाने, तीज मिलन र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पश्चिम नवलपरासीका विभिन्न स्थानमा दर खाने कार्यक्रम, तीज मिलन र शुभकामना आदान प्रदान कार्यक्रमहरु सम्पन्न भएका छन । यसैबीच, बुधबार लुम्बिनी बचत तथा ऋण सहकारी सस्था लिमिटेड सुनवल १२ भुमहीको महिला तथा बाल बचत उपसमितीर लुम्बिनी सिस्टर शोसाइटीको आयोजनामा तीज मिलन तथा सहकारी शिक्षा कार्यक्रम बाबा बर्दगोरिया मन्दिर परिसरमा सम्पन्न भएको छ । सस्थाकी महिला तथा बाल बचत उपसमितिकी समयोजक भगवती पंगेनीको अध्यक्षता तथा सस्थाका पुर्व अध्यक्ष एवं नेफस्कुनका सदस्य लेखानाथ खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले सहकारी संग जोडिएका महिलाहरु अब ब्यवसायी बन्नुपर्ने र आत्मनिर्भर भई जिवन निर्वाह गर्नुपर्ने बताउदै चार्डबार्डलाई भड्किलो नबाई मर्यादित रुपले मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिीनी साकोषका अध्यक्ष डिल्लीराज पाण्डे, नेपाल पत्रकार महासंघका पुर्व सभापति केशव पराजुली लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सस्थाका महिला सेयर सदस्य मध्य ६ समुह गठन गरि प्रतियोगितात्मक तीज गित प्रस्तुती रहेको थियो । हाल सस्थामा ४४ करोड बराबरको आर्थिक कारोबार भएको र ३ हजार ५ सय सेयर सदस्यहरु आबद्ध रहेका छन । यसैबीच, विर्घा समाज नवलपरासीले बुधबारै बर्दघाट ४ अवस्थित शिवालय मन्दिर परिसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम समपन्न गरेको छ । सो अवसरमा प्रमुख वक्ताका रुपमा बोल्दै प्रदेश नम्बर ५ की प्रदेश सासंद भगवती भण्डारीले अहिले चार्डबार्डहरु भड्किलो बन्दै गइरहेको गुनासो आइरहदा यसलाई कानुनतह नियन्त्रण गर्न आफुहरुले ससंदमा कुरा उठाएको र महिलाहरुको स्वतन्त्रतालाई कायम राख्दै चार्डबार्डहरु मर्यादित रुपले मनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा स्याग्जाको विर्घाबाट बसाई सरि नवलपरासीमा स्थायी बसोबास गर्नेहरुले गठन गरेको विर्घा समाजले विभिन्न तीज गित प्रस्तुतीका सथै सास्कृती कार्यक्रम समेत सम्पन्न गरेका थिए । त्यस्तै, क्षेत्री समाज नवलपरासीको आयोजनामा बर्दघाट १६ सुर्यनगरमा तीज विशेष दर खाने कार्यक्रमका साथै शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ ।

समाजका जिल्ला अध्यक्ष क्याप्टन मान बहादुर थापा क्षेत्रीको अध्यक्षता तथा समाजका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर दिल बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै क्षेत्रीले चार्डबार्डलाई कुनै एक जातिको मात्र लिन नहुने भन्दै सबै जाती, भाषा, धर्मले समान रुपमा मनाउनुपर्ने र चार्डबार्डलाई हुने खानेको मात्र नभई हुदा खानेको पनि आप्नो चार्डका रुपमा लिन सक्ने गरि मनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवर क्षेत्री, समाजका केन्द्रिय सदस्य लाल बहादुर अधिकारी, लेख बहादुर कार्की, केन्द्रिय सल्लाहकार डिबि अधिकारी, समाजका प्रदेश नम्बर ५ अध्यक्ष भक्त बहादुर कार्की, समाजका रुपन्देअही जिल्ला अध्यक्ष गुप्त बहादुर केसी, नवलपुर जिल्ला अध्यक्ष कोषराज कार्की, वडा नम्बर १६ का वडाध्यष शुक बहादुर गुरुंग, नव यवा क्लब सुर्यनगरका अध्यक्ष भिमकाजी गुरुंग लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा आजै क्षेत्रिय समाजको भवन शिलान्यास गर्ने भनिएतापनि विशेष कारणबस सो कार्य आजै नगरि आउदै गरेको विजया दशमीको उपलक्ष्यमा गर्ने भएको समाजका जिल्ला अध्यक्ष क्याप्टन मान बहादुर थापा क्षेत्रीले बताउनुभएको छ । सो अवसरमा जिलभरि रहेका क्षेत्रिय समाजहरुले विभिन्न सास्कृती नाचगनका साथै शुभकामना आदान प्रदान समेत गरेका थिए । समाजका जिल्ला दामोदर जिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव बम बहादुर खत्रीले गर्नुभएको थियो ।