बुटवलका सुरज श्रेष्ठले काठमाडौंमा जिते कास्य पदक

११ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौंमा सम्पन्न नवौ कोरियन अंबसोडार नेसनल तेक्वान्दो च्याम्पियनसिप मा एभरेष्ट तेक्वान्दो एकेडेमी बुटवल का खेलाडी तथा प्रशिक्षक सुरज श्रेष्ठ ले आफ्नो उमेर समुह (३० बर्ष माथि )पूम्से बिधा मा कास्य पदक जित्न सफल भएका छन / उनी तेक्वोन्दो का अन्तरराष्ट्रिय खेलाडी समेत् हुन्/ सुरज श्रेष्ठ ले हाल सम्म अमेरिका जापान हङकङ मकाउ मा गरी बिभिन्न देशमा भएका अन्तरराष्ट्रिय प्रतियोगितामा समेत थुप्रै पदक जिति सकेका छन हाल उनी बुटवललाई कर्मथलो बनाइ तेक्वान्दो खेलको बिकासको लागि एभरेष्ट तेक्वान्दो एकेडेमी पुल्चोक को सन्चालकको रुपमा तथा स्कलरहोम स्कुलमा समेत तेक्वान्दो प्रशिक्षकको रुपमा कार्यरत छ्न।

फेसबुकबाट तपाईको प्रतिक्रिया