३० वर्षसम्म पनि नखाइकन जीवित रहन सक्ने जीव तार्दीग्रेटस्

प्रकाशित मिति:

काठमाडौँ –संसारमा विभिन्न प्रकारका अनौठा जीवहरु छन् । तर तीमध्ये एक यस्तो जीव पनि पाइन्छ जुन ३० वर्षसम्म नखाईकन पनि जीवित रहन सक्छन् ।तार्दीग्रेटस् नामक यो जीव दुनियाँकै सबैभन्दा अद्भुत जीव हो । देख्दैमा अनौठो लाग्ने यस जीवको क्षमता झनै अकल्पनीय छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै पृथ्वीमा प्रलय भएर एकदिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यतालाई समेत यसले गलत सावित गरिदिएको छ ।

वैज्ञानिकहरुले अजम्बरी जीवको उपमा दिएको यो जीव ब्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहहरुमा सजिलैसँग बाँच्न सक्नेछ । नखाइकन ३० वर्षसम्म बाँच्न सक्ने यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रमदेखि माइनस तापक्रममा पनि जिवित रहन सक्छन् ।समुद्रमा पाइने यो जीव समुद्रको पिँधमा पनि बस्न सक्छ र यसलाई पानीको चापले पनि कुनै असर गर्दैन ।