नयाँ सोच, आविस्कार तथा विचारलाई व्यवसायिकतामा परिणत गर्न नेपाली उद्यमशिल युवाहरुअग्रसर

११ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नयाँ सोच, आविस्कार तथा विचारलाई व्यवसायिकतामा परिणत गर्न नेपाली युवाहरुले विश्वभर विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी युवाको सोचलाई व्यवसायिकतामा परिणत गर्न प्रोत्साहत गर्ने गरेको यस क्षेत्रमा संलग्न युवाहरु बताउँछन् ।नयाँ आविस्कार, सोच तथा विचारलाई कसरी बिजनेसमा लगाउन सकिन्छ भन्ने उद्देश्यसहित विश्वभर विभिन्न विषयमा बुटक्याम्प अयोजना हुँदै आएका छन् । पछिल्लो समय नेपालमा पनि युवाहरुले यस्तै प्रकृतिका कार्यक्रमहरु गर्दै आएका छन् ।विभिन्न कलेजहरुमा अध्ययनरत विद्यार्थीहरु यस्तो विषयमा बढी सहभागी हुने गरेका छन् । यस्तो कार्यक्रममा आफ्ना विचार तथा अनुभवहरु आदान प्रदान गर्न र आफूसँग भएको सोच र सिपलाई कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने गरिन्छ ।

पछिल्लो समय नेपालमा पनि यस्तै प्रकृतिका कार्यक्रम गरिदै आएको छ । कार्यक्रममा सहभागी भएकाहरुबाट उत्कृष्ट हुनेको सोच र योजनालाई उद्यमशिलतामा विकास गर्न प्रोत्साहन गरिदै आएको युवाहरु बताउँछन् । युवा उद्यमीहरुको नेतृत्व विकास, सिर्जनशिलता र सामाजिक उद्यमशिलतालाई प्रोत्साहन गर्ने उद्देश्य सहित यस्ता कार्यक्रमको आयोजना गरिन्छ ।यस्तो कार्यक्रममा सहभागी हुने युवाहरुले नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्रप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत बनाउन र सामाजिक परिवेश सुहाउँदो बनाउन सहयोग पुग्ने युवाहरुको विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया