आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति:

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गर्नुभएको छ ।सिङ्गापुरमा उपचार गराइरहनुभएका उहाँले  नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो

।उहाँका अनुसार प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराउनुभएको छ । गत भदौ ५ गते सिङ्गापुर जानुभएका उहाँको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।