श्रम परिश्रम र मिहनेतको खानी नै महिलाको पहिचान हो :प्रदेश सांसद रोका

प्रकाशित मिति:

कौरव खत्री- बाग्लुङ्ग/बाग्लुङ्ग घुम्टे युवा परिवार र महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्लको संयुक्त आयोजना तथा घुम्टे युवा परिवारको जापान शाखाको सह आयोजनामा सामुहिक दरखाने तिज कार्यक्रम सम्पन्न भएको छ ।।बुधवार आयोजित दरखाने तिज कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद दिलमाया रोका दिपाले महिलाहरु भनेका श्रम,परिश्रम र मिहनेतको खानी हो त्यो नै महिलाको पहिचान भएको बताइन ।साथै सांसद रोकाले महिलाहरु भनेका समाज र यो धरतीका दरिलो खम्वा भएको भन्दै हिजो दिनहरुमा तिजको माध्यमबाट महिलाहरुका दुःख र सुखका पिडा र वेदनाहरुलाई तिजको गितका माध्यमबाट अभिव्यक्त हुने गरेको बताउदै उनले बेद

साथै उनले आफ्नो हक र अधिकारलाई स्थापित गराउदै तिज पर्वको मौलिक संस्कृतिलाई जर्गेना गर्न सबै एकजुट हुनु पर्ने बताईन ।साथै सोहि अवसरमा जिल्ला समन्वय समिति बाग्लुङ्गका सदस्य रुपा विक,गलकोट नगरपालिकाका नगरकार्यपालिका सदस्य कमला ढकाल,गनपा ७का वडा सदस्य मिना दर्जी,प्रगतिशिल महिला समूह गनपा ५ का पूर्व अध्यक्ष बिष्णु कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेका महिलाहरु तिल कुमारी थापा, चन्द्रा कुमारी थापा, राधिका गौतम,चित्रा दर्जी र कमला केसीलाई सम्मान पत्र दोसल्ला लगायतले सम्मान गरिएको थियो ।तिज कार्यक्रममा आएका सबैलाई दर खुवाइएको थियो । भने तिज कार्यक्रममा पुराना मौलिक संस्कृति बोकेका तिजका गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश,महिला गनपाका जनप्रतिधि,समाजसेवी मिना चोखाल, सञ्चारकर्मी युवा समाजेसवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम महिला जागरण केन्द्र गनपा ७ मल्लका अध्यक्ष ललिता थापाको अध्यक्षता तथा घुम्टे युवा परिवारका सदस्य टिका साहानीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने महिला जागरण केन्द्र गनपा ७ का सचिव सरस्वति केसीले गरेकी थिइन ।