थारु पत्रकार संघ,रुपन्देहीको अधिबेशन सम्पन्न ,अध्यक्षमा राज चौधरी

प्रकाशित मिति:

जगिलाल थापा-सैनामैना/  थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीको साधारण सभा तथा तेस्रो अधिवेशन सैनामैनामा हिजो सम्पन्न भएकोछ।सैनामैनाको ऊचडिहवा स्थित थारु होम स्टेमा सम्पन्न अधिबेशनले राज चौधरीको अध्यक्षतामा नया समिति गठन गरेको छ।सैनामैना २ थारु होम स्टे रुपन्देहीमा बुधाबार भएको अधिवेशनको प्रदेश ५ का सांसद तुलसी चौधरीले उद्घाटन गरेका हुन।कार्यक्रमको उद्घघाटन गर्दै चौधरीले पत्रकारिता पेशा निकै चुनौती र जोखिमको पेशा भएको र जोखिम र चुनौतीबाट निखारिएकाहरुबाटै असल र निडर पत्रकारको जन्म हुने बताउदै पत्रकारिताले देशभक्तीपुर्ण सन्देश प्रवाह गरि गलत र सत्य दुबै समाचारहरुको उजागार गर्नु पर्नेमा जोड दिएका छन।समाजमा हुने गलत गतिबिधीहरुको पर्दाफास गर्दा गलत कार्यमा लाग्नेहरु निरुत्साहित हुने र समाजमा हुने सकारत्मक कार्यहरुको उजागार गर्न सके सकारात्मक कार्य गर्नेहरुमा उत्साह र हौसला थपिने बताएका छन।

सांसद चौधरीले पत्रकारीता पेशालाई चुनौती देखेर भाग्ने असली पत्रकार नरहेको र आफ्नो जातिय पहिचानको कुरा देश प्रतिको कर्तब्य र जिम्मेवारिलाई समेत ख्याल गर्न सके सन्तुलित बिकास हुने समेत उल्लेख गरेका थिए। यसैगरी थारु पत्रकार संघका केन्द्री सदस्य तथा प्रदेश नं। ५ का संयोजक सन्तोष दहितले थारु समुदायको हक अधिकार सुनिश्चित गर्न एक जुटभएर लाग्नुपर्नेमा जोड दिदै समाचार सम्प्रेषण गर्दा जातिय र धार्मिक सम्प्रदायिकतालाई बल पुग्ने कार्यलाई निरुत्साहित गर्नु पर्ने कुरा बताएका थिए । यस्तै थारु समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी पत्रकारीता मार्फत कलम चलाउँदै आएका पत्रकार किस्मत चौधरीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा थारु समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी पत्रकारीता मार्फत कलम चलाउँदै आएका पत्रकार किस्मत चौधरीलाई सम्मान गरिएको थियो भने अधिबेशनबाट पुनः राज चौधरी (बुद्ध टेलिभिजन)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अनिता चौधरी(किस एफ।एम)। र (सैनामैना खवर), सचिवमा पवित्र चौधरी(रेडियो लुम्बिनी), कोषध्यक्षमा मनजित चौधरी संघिय एक्सप्रेस अर्ध साप्ताहिक, सहसचिवमा यमुना चौधरी तिनाउ एफ।एम। र सदस्यहरुमा सरस्वती चौधरी रेडियो कञ्चन र विष्णु चौधरी रेडियो देबदह निर्वाचित भएका छन् । भने अन्य सदस्यहरुलाई संस्थाको बैठकले मनोनित गर्ने छ ।

त्यस्तै कार्यक्रममा थारु कल्यणकारिण सभाका केन्द्रिय पार्षाद रामबली चौधरी, थारु कल्यणकारिणी सभाका केन्द्रीय पार्षद खुशीराम चौधरी, थारु पत्रकार संघका केन्द्रीय सदस्य कमल चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका जिल्ला अध्यक्ष सोनु थापा, थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष शतिस कुमार चौधरी, थारु पत्रकार संघ कपिलबस्तुका जिल्ला अध्यक्ष श्याम सि।टी।, सम्मानित भएका पत्रकार किस्मत चौधरी, रेख प्रसाद चौधरी लगायतले बोल्दै नव निर्वा्चित थारु पत्रकारहरुलाई शुभकामना दिदै पत्रकारीता मार्फत थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण गर्न एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।