वाइड बडीले थाल्यो जापान उडान

१२ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
78 Shares


काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आज बिहानबाट जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेको छ ।निगमको वाइड बडी ए ३०३० जहाजले आजबाट पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक सुरुवात गरेको हो । १२ वर्षपछि निगमले जापानमा सीधा उडान शुरु गरेको हो ।जापान उडानको गए राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभयो ।

त्यहाँ पनि औपचारिक उद्घाटन कार्यक्रम गरिने छ । ओसाका उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधिसहित भ्रमण टोलीमा सहभागी रहनु भएको छ ।ओसाका उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १ सय ३० जना सवार रहेको नेपाल एयरलाइन्सका प्रवक्ता गणेशबहादुर चन्द बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया