कलंकीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार

१२ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
17 Shares

प्रतिकात्मक तस्वीर

काठमाडौं – प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ छन् ।

प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया