स्वाथ्यमन्त्री उपेन्द्र यादवलाई सरकार छोड्न दबाब

१२ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
44 Shares


काठमाडौं – संविधान संसोधन गर्ने सहमति सहित सरकारमा सहभागी भएका समाजवादी पार्टीका अध्यक्ष्न उपेन्द्र यादवलाई सरकार छाड्न पार्टी भित्रैबाट दबाब बढेको छ । स्वाथ्यमन्त्री रहेका यादव माथि बुधबारदेखि सुरु राजधानीमा जारी उक्त पार्टीको पदाधिकारी बैठकमा नेताहरुले सरकार छाड्नुपर्नेमा जोड दिएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकतापश्चात अध्यक्ष यादवमाथि झन् दबाब बढेको छ । काठमाडौंको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबारदेखि जारी बैठकमा तत्कालीन नयाँ शक्ति पार्टीसँग भएको एकतापछिको पार्टी समायोजन, संगठन निर्माण, कार्यविभाजन, राजपा नेपालसँगको एकीकरण, महाधिवेशन लगायतको विषयमा छलफल भइरहेको छ । बाबुराम भट्टराईले सुरुदेखि नै सरकारबाट पार्टी बाहिरिनुपर्ने अडान लिँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया