दिदिबहिनिहरुलाई छमछमी नचाउन हरिदेवी कोइराला कतार आउने

प्रकाशित मिति:

कतार नेपाली लोक साङ्गितिक क्षेत्रमा हरेक लोक साङ्गीतप्रेमीको मन मुटुमा बस्न सफल वरिष्ठ लोक गायिका कवियीत्री साहित्यकार प्रज्ञा श्रीमती हरिदेवी कोइराला यो तीजमा कतारमा रोजगारिका अवसरमा कार्यरत दिदिबहिनिहरुलाई छमछमी नचाउन कतार आउने भएकी छिन।

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा कास्की आदर्श सेवा समाजको आयोजनामा यहि मिति २०१८ सेप्टेम्बर १४ तारिखका दिन कतार स्थित सालिमार दरबार रेस्टुरेन्ट बिन मोहमुदमा हुन लागेको तिज बिशेष सास्कृतिक धमाकामा सहभागी भई कार्यक्रमलाई सुनमा सुगन्ध थप्न कतारमा आउने भएकी हुन।

“पाइन खबर‘।घर फर्की आउनुभो मेरो हजुर”आमा तिम्रो दुधको भारा, जस्ता दर्जनौ उत्कृष्ट तथा नेपालमा घट्ने घटना परिघटना बाट उत्प्रेरित वास्तविक घटनालाई जस्ताको तस्तै लोक गीत मार्फत उजागर गर्ने वरिष्ठ लोक गायिका यो तीजमा कतार आउने सुनेपछी कतारमा कार्यरत नेपाली दिदिबहिनिहरु थप उत्साहित भएका छन।

अहिले बेलाबेला गीत सङ्गीतमा आउने भड्काउ उत्त्ताउला र बिकृती बढ्दै गई मौलिक तिजको ह्रासपुर्ण रहेको अवस्थामा वास्तविक तीजको महत्व आफ्नो मौलिक लोक सस्कृती र परम्परालाई जगेर्ना गर्नुपर्ने अवस्थामा लामो समय सम्म नेपाली लोक सङ्गीत क्षेत्रमा अत्यन्तै कृयाशिल वरिष्ठ लोक गायिका तथा पोख्रेली साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाको सम्मान तथा प्रावासमा रहेर पनि नेपाली कला र सस्कृतिको संरक्षणको लागि गायिका कोईरालाको उपस्तिथिमा कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष बिश्वबन्धु थापाले बताएका छन।

कर्णप्रीय स्वरकी धनी कोइरालाका साथमा तिज बिशेष सा‌स्कृतिक कार्यक्रममा फेवा सा‌स्कृतिक परिवारसंगै विभिन्न स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने सावित्री गीरीले मुग्लानी खबर लाई बताएकी छिन।