हिले फुटबलको उपाधी रोट्रयाक्ट क्षितीजलाई

प्रकाशित मिति:

रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीको आयोजनामा भएको प्रथम हिले फुटवल प्रतियोगिताको उपाधि रोट्रयाक्ट क्लव अफ क्षितिज ईन्टरनेशनलले हात पारेको छ । तिलोत्तमा नगरपालिका स्थित जानकीनगरमा आयोजक रोट्राक्याक क्लव अफ तिनाउ सिटीलाई टाईबेकरमा १–० ले हराउँदै रोट्राक्याक क्लव अफ क्षितिज ईन्टरनेशनलले उपाधि हात पारेको हो । निर्धारित २० मिनेटको समयमा कुनै पनि गोल नभएपछि खेल टाईकेबरमा धकलिएको थियो ।
उपाधि विजेता टिमरोट्रयाक्ट क्लव अफ क्षितिज ईन्टरनेशनललाई रोटरी क्लव अफ बुटवल साउथका पुर्व अध्यक्ष ईन्द्र सुनार, क्लवका अध्यक्ष प्रकाश पराजुलीले संयुक्त रुपमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै उपविजेता बनेको आयोजक रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीले पनि शिल्ड, मेडल र प्रमाण पत्र हात पा¥यो । प्रतियोगिताको समापन अवसरमा बेल्दै रोटरी क्लव अफ बुटवल साउथका पुर्व अध्यक्ष ईन्द्र सुनारले यस्तो प्रतियोगिता नौलो भएकाले क्लव बीचको सम्बन्धलाई अझ विस्तार गर्न मद्दत मिल्ने बताए ।कार्यक्रममा रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी, निवर्तमान अध्यक्ष उमेश अधिकारी, रोट्राक्याक क्लव अफ बुटवलका निरज पाण्डे, कार्यक्रम संयोजक कमल सापकोटा लगाएतले बोलेका थिए । जोन ११ र १२ का १६ टिमको प्रतियोगितामा सहभागिता रहेको थियो । कार्यक्रम क्लवका सचिव अनुप पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।